सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पत्रकार बानियाँको मृत्युको सत्य-तथ्य छानबिन गर्न प्रेस युनियनका  महासचिव शिवाकोटीको माग

पत्रकार बानियाँको मृत्युको सत्य-तथ्य छानबिन गर्न प्रेस युनियनका  महासचिव शिवाकोटीको माग

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 5.0K
    SHARES

  • पत्रकार बानियाँको मृत्युको सत्य-तथ्य छानबिन गर्न प्रेस युनियनका  महासचिव शिवाकोटीको माग

    काठमाडौं- नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक रहेका नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासङ्घका पूर्वसचिव एवं वरिष्ठ पत्रकार वलराम वानियाँको असामान्य मृत्युको घटनाप्रति शोक व्यक्त गरेको छ ।

    युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोविज्ञप्ती जारी गरेका हुन् ।

    दुई दिनदेखि सम्पर्कविहीन बानियाँको शव मकवानपुर, भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । 

    साउन २६ गते बल्खुस्थित वागमती खोलाबाट बेपत्ता भएको भनिएका वानियाँको मङगलबार बिहानै शव फेला परेपनि बुधवार मात्रै पहिचान भएको थियो । 

    अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका वानियाँको मृत्यु दुर्घटनाका कारण, आत्महत्याका कारण वा हत्या के कारणबाट भएको हो यकिन नभएको अवस्थामा अनेक शंका पैदा भएको छ । 

    उनको मृत्यु उनले विगतमा लेखेका समाचारसँग जोडिएर भएको छ वा छैन भन्ने पनि प्रश्न उब्जेपछि प्रेस युनियनले यसप्रति चासो व्यक्त गरेको छ ।

    नेपाल प्रेस युनियनले वानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरि सत्यतथ्य वाहिर ल्याउन नेपाल प्रहरी सहित सम्वन्धित पक्षसँगमाग गरेको छ ।

    युनियनले स्वर्गीय पत्रकार वानियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल श्रीमती, छोरा र छोरीप्रति समवेदना व्यक्त गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २८ २०७७११:०१:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend