सिन्धुली- सिन्धुली जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ मा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका २१ जना नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूले कम्युनिस्टहरूको झुठको पछाडि लाग्दा जनताले दुःख पाएकोआरोप लगाएका छन् ।
कांग्रेस प्रवेश गर्नेमा विष्णुबहादुर वाइबा, बृषबहादुर थिङ, ज्ञानबहादुर वाइबा, निराज थिङ, श्रीराम वाइबा, खड्काबहादुर वाइबा, कालध्वज घलान, लक्ष्युबहादुर वाइबा, कालध्वज स्याङतान, दीपक राणा रहेका छन् ।
हीरालाल थिङ, लालबहादुर घलान, कुलबहादुर थिङ, लालबहादुर वाइबा, दिलबहादुर थिङ, सेनुमाया वाइबा, प्रवीन वाइबा, रुपबहादुर थिङ, सुर्जबहादुर थिङ, गणेश थिङ र कुन्साङ थिङ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।