सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आज राति आकासमा तारा खस्दै, सबै ठाँउबाट देखिने

आज राति आकासमा तारा खस्दै, सबै ठाँउबाट देखिने

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 6.9K
    SHARES

  • आज राति आकासमा तारा खस्दै, सबै ठाँउबाट  देखिने

    काठमाडौँ । आज राति उल्का वर्षा हुँदै छ, अर्थात तारा खस्दैछन् ।

    पुच्छ्रेताराहरु  सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छन् यसैलाई उल्का वर्षा भनिन्छ ।

    यसपटक  ‘स्विफ्ट टटल’ नामको पुच्छ्रेताराका कारण उल्का वर्षा हुन लागेको हो । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको छ ।

    ‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ । “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेतारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण  र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ”,   नेपाल एस्ट्रोनोमिकल सोसाइटीका  अध्यक्ष सुरेश भट्टराईले बताए ।

    उल्का वर्षा स्थानीय समयअनुसार आज राति १०स्३० देखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ । अत्यधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २८ २०७७१०:४१:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend