सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

१३ कराेडकाे हिसाब नदेखाए कांग्रेसले यी कम्युनिष्ट मेयरलाई नछाड्ने, दियो यस्तो चेतावनी !

१३ कराेडकाे हिसाब नदेखाए कांग्रेसले यी कम्युनिष्ट मेयरलाई नछाड्ने, दियो यस्तो चेतावनी !

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 5.3K
    SHARES

  • १३ कराेडकाे हिसाब नदेखाए कांग्रेसले यी कम्युनिष्ट मेयरलाई नछाड्ने, दियो यस्तो चेतावनी !

    पोखरा-  पोखरा महानगरपालिकाले १३ करोड राजश्व हिनामिना गरेको विरोधले उग्ररुप लिएको छ । महानगरको ठूलो रकम बेरुजु देखिएपछि चौतर्फी विरोध र मेयरको आलोचना भएको छ ।

    यसबीच नेपाली काँग्रेस पोखराले  महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएर १३ करोड राजश्व हिनामिना भएको हिसाब माग गरेको छ ।

    तत्कालीन एमालेबाट जितेका जिसीको नेतृत्वमा रहेको पोखरा महानगरभित्र १३ करोड राजश्व गायब भएपछि कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा बुधबार गएको टोलीले हिसाब मागेको हो ।

    कम्युनिस्ट सरकार भ्रष्टाचारमा व्याप्त देखिएपछि  कांग्रेसले कम्युनिस्टहरूविरुद्ध भण्डाफोर अभियान शुरु गरेको छ ।

    यति ठूलो रकम हिनामीनाको विषयप्रति गम्भिर हुँदै सभापति केसीले तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

    कास्की कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनीय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

    यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की कांग्रेसले दिएको छ ।

    यसअघि नेविसंघ पोखराले समेत मेयरलाई गायव रकमको तिरोतारो गर्न चेतावनी दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २८ २०७७०८:०९:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend