सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हवाई सेवा खुला नगरे आन्दोलन, यस्ताे निर्णयमा सञ्चालक सङ्घ

हवाई सेवा खुला नगरे आन्दोलन, यस्ताे निर्णयमा सञ्चालक सङ्घ

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 2.9K
    SHARES

  • हवाई सेवा खुला नगरे आन्दोलन, यस्ताे निर्णयमा सञ्चालक सङ्घ

    काठमाडौं- वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । 

    सङ्घले आज एक विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । 

    सरकारले कोभिड–१९ महामारीको  नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । 

    सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने सङ्घको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ ।” 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २८ २०७७०७:३६:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend