काठमाडौं- नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीमनोनित भएका छन् ।
देशकै उत्कृष्ठ पहिचान बनाउन सफल संस्थाका प्रमुख र दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लागेका भण्डारीको लामो समयसम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले उनलाई सचिवमा नियुक्ति गरेको हो ।
२५ संस्थापक रहेको संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।
नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।