काठमाडौं- कोरोना भाइरस संक्रमितबाट नेपालमा हालसम्म ९१ जना मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ९१ जना संक्रमितको मृत्यु भएको बताएका हुन्।
धनुषाका तीन, काठमाडौंका एक, धादिङका एक जना, सप्तरी राजविराजका एक, कपिलवस्तुका एक जना र बारा कलैयाका एक जना रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा ९१ संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन्। हाल देशभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ७३ हजार १सय ७९ जनाको परीक्षण भएको छ। हाल १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा बसेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।