सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

झुटको राजनीति गरेको भन्दै नेकपा परित्याग गरि एक दर्जन भन्दा बढी युबा कांग्रेसमा प्रवेश

झुटको राजनीति गरेको भन्दै नेकपा परित्याग गरि एक दर्जन भन्दा बढी युबा कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 9.2K
    SHARES

  • झुटको राजनीति गरेको भन्दै नेकपा परित्याग गरि एक दर्जन भन्दा बढी युबा  कांग्रेसमा प्रवेश

     खोटाङ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि खोटाङमा एक दर्जन भन्दा बढी युबा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–६ छितापोखरीका एक दर्जन भन्दा बढी युबा  कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नेकपा परित्याग गरि भविन्द्र राई, सुमन लामा, सुजना तामाङ, सुनिता परियार, केमन राई, आशिष राई, विश्व तामाङ, अनिल तामाङ, कैलाश राई, बासिदेव राई, शिव नारायण राई, सरला राई, जफतसिं राई, रामकुमार राई, भोगिन्द्र राई, प्रताप लामा, तीर्थ कुमार राईलगायतका यूवा कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेकपाले जनचाहना अनुसार काम नगरेको र सधैँ झुटको राजनीति गरेको भन्दै उनीहरुले नेकपा परित्याग गरेको घोषणा गरेका छन् ।

    नेकपा पार्टी जनताको सुखदुखको पार्टी कुनैपनि हालतमा हुन नसक्ने र बर्तमान सरकारको हावादारी कार्यबाट देशको समृद्धि हुन नसक्ने भएकोले कांग्रेसमा प्रवेश गर्नुको विकल्प नभएको उनीहरुले बताएका छन् ।

    जनताको हितमा काम गर्ने पार्टी देशमा कांग्रेसमात्र भएकोले सवै यूवालाई कांग्रेसमा गोलबन्ध हुन उनीहरुले आह्वान पनि गरेका छन् ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–६ छितापोखरीको दुधिले भञ्ज्याङमा आयोजना भएको कांग्रेसको भेटघाट कार्यक्रमका अवसरमा उनीहरु कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

    कांग्रेसमा प्रवेश गरेका उनीहरुलाई कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा यूवा नेता भुपेन्द राईले पार्टीको झण्डासहित अविर लगाएर स्वागत गरेका थिए ।

    राईकै प्रमुख आतिथ्यतामा भएको भेटघाट कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गदै राईले अवको देशको समृद्धि यूवाबाटै संम्भव भएकोले कांग्रेसमा रहेर देशको समृद्धिको खाका कोर्न र भ्रष्ट्रचार, वेथितिको विरुद्धमा लाग्न अनुरोध गर्नुभएको छ ।

    कार्यक्रममा कांग्रेस जिल्ला सदस्य शरण कुमार राई, नेता बसन्त राई, क्षेत्रीय उपसभापति चन्डीराज राई, नेपाल तरुण दल जिल्ला सचिव कबिन राई, नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राई, गाँउ पार्टी सभापति लक्ष्मी कुमार थापा, वडा पार्टी सभापती अमृत खड्कालगायतको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend