सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भाेलि सार्वजनिक विदा

भाेलि सार्वजनिक विदा

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 7.1K
    SHARES

  • भाेलि सार्वजनिक विदा

    पाल्पा- धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन बुधबार प्रदेश नं  ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

     जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको  गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताए  । 

    मुख्यमन्त्री पोखरेलले आज शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तर                                       चलिरहेको जात्राले नयाँ  पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए । 

    उनले कोभिड –१९ विरुद्धको सङ«घर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन आग्रह गर्नुभयो ।

    मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए । 

    उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा  सीमित व्यक्तिको सहभागिता हुने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७१०:४६:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend