नेपालगञ्ज- नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
भेरी अस्पतालमा भर्ना हुुनुभएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो ।
सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिएकी थिए ।
मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए।
यसअघिका अध्ययनहरूले गर्भमा शिशुमा काेराेना संक्रमण भने नहुने खुलाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।