काठमाडौं- प्लाज्मा थेरापीबाट उपचार गरिएका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा पहिलो पटक डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएको थियो ।
डाक्टर कार्कीको १५ साउनमा त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएको थियो ।
पहिलो उपचार सफल भएपछि अरू गभ्भिर संक्रमितहरूको पनि कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु भएको थियो ।
त्यसपछि थप दुई जना कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी विधि प्रयोग गरिएको थियो ।
तीमध्ये एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुष रहेका छन् ।
स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका उनको प्लाज्मा थेरापी गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।