सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

११ अमेरिकीमाथि प्रतिबन्ध, के हो चीनको बिचार ?

११ अमेरिकीमाथि प्रतिबन्ध, के हो चीनको बिचार ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 4.2K
    SHARES

  • ११ अमेरिकीमाथि प्रतिबन्ध, के हो चीनको बिचार ?

    अगस्ट १० तारिखदेखि हङकङ सम्बन्धमा समस्या उत्पन्न गर्ने खालका शङ्कास्पद गतिविधि गरेको आरोपमा ११ जना अमेरिकीलाई प्रतिबन्ध लगाउने घोषणा चीनको परराष्ट्र मन्त्रालयले गरेको छ ।

    हालै अमेरिकाले चीनको केन्द्रीय सरकारी विभागहरू तथा हङकङ विशेष प्रशासनिक सरकारी पदाधिकारी लगायत ११ जनामाथि प्रतिबन्ध लगाउने घोषणाको जवाफी कदमस्वरूप चीनले अमेरिकी ती अधिकारीमाथि प्रतिबधको घोषणा गरेको हो । 

    चीनको सार्वभौमसत्ता, हित तथा गौरवको दृढ संरक्षण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    प्रतिबन्ध नामावलीमा समेटिएकाहरूमध्ये अमेरिकी सांसद, केही अमेरिकी गैर सरकारी संगठनका जिम्मेवार व्यक्ति रहेका बताइएको छ । उनीहरूले लामो समयदेखि हङकङ मामिलामा हस्तक्षेप गर्न खोजिरहेको साथै एक देश दुई व्यवस्थालाई बङ्ग्याउँदै आएको दावी चीनले गरेको छ । प्रतिबन्धितमध्ये एक अमेरिकी संघीय सांसद मार्को रूबिओ हुन् । 

    चीनले चालेका जवाफी कदम अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रीकरणको संरक्षण गर्ने न्यायोचित कदम पनि भएको बताएको छ । यस्तो कदम देशको सार्वभौमसत्ता तथा गौरवको संरक्षण हो र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी मापदण्डको पालना गर्नु पनि हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०९:११:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend