काठमााडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि आयुक्त घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना संक्रमण भएको थियो । त्यसपछि उनको पनि परीक्षण भएको हो र परिक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
घिमेर हाल घरमै आइसोलेसनमा बसेका छन् । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।
अख्तियारमा अन्य कर्मचारीहरुको स्वाब संकलन गरेर परिक्षण भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।