सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लगानी बोर्डका सिइयो भट्टलाई अदालतले दियो झड्का लाग्ने आदेश, नेकपाभित्र चर्को विरोध !

लगानी बोर्डका सिइयो भट्टलाई अदालतले दियो झड्का लाग्ने आदेश, नेकपाभित्र चर्को विरोध !

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 18.7K
    SHARES

  • लगानी बोर्डका सिइयो भट्टलाई अदालतले दियो झड्का लाग्ने आदेश, नेकपाभित्र  चर्को विरोध !

    काठमाडौँ – पाटन उच्च अदालतले लगानी बोर्डका सिइयो सुशील भट्टलाई आइतबारसम्म काम नगर्न अदालतले  आदेश दिएको छ ।

    भट्टको नियुक्त बदर गर्न माग गर्दैै परेको रिट निवेदनमाथि सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबारसम्म काम नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो।

    उच्च अदालतका रजिष्टार बाबुराम दाहालका अनुसार साउन ३२ गते आइतबारका लागि दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाएको जानकारी दिए ।

    अधिवक्ता भुजेलले सोमबार भट्टको नियुक्त बदर गर्न माग गर्दै रिट दर्ता गराएका थिए।  साउन १९ गते (सोमबार) मन्त्रिपरिषद्ले सुशील भट्टलाई नियुक्त गरेपछि उनले बुधबार पदभार ग्रहण गरेका थिए।

    लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनका लागि व्यवस्थनको जिम्मेवारी बहन गरी अनुभव हासिल गर्नुपर्नेमा भट्टसँग त्यो दक्षता नभएको उल्लेख गरिएको छ। भट्टको नियक्तिप्रति सत्तारुढ नेकपाभित्र पनि चर्को विरोध भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०५:४८:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend