रामेछाप- रामेछापको दोरम्बामा तीन दर्जन बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा माओवादीले आधार इलाका मान्दै आएको दोरम्बामा तीनदर्जनबढी युवा नेकपा त्यागी काँग्रेस प्रवेस गरेका हुन् ।
उनीहरुलाई कांग्रेस महामन्त्री डा शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् ।
महामन्त्री कोइरालाले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफुमा पनि उmर्जा थपिएको बताएका छन् ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै डा कोइरालाले उनीहरुलाई स्वतन्त्र र खुला हृदयले अघि बढ्न आग्रह गरेका छन् ।
नव प्रवेशीमा दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवाहरु रहेका छन् । रामेछापको दोरम्बा र वेथानलाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।