सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डोटीमा घर भत्किँदा चार जनाको मृत्यु, पाँच जना घाइते 

डोटीमा घर भत्किँदा चार जनाको मृत्यु, पाँच जना घाइते 

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 3.2K
    SHARES

  • डोटीमा घर भत्किँदा चार जनाको मृत्यु, पाँच जना घाइते 

    काठमाडौं– डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ। गतराति २ बजे आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको तीन तले कच्ची घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार, ७ वर्षीय छोरी जेनीस लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ। अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा लोवे घरमुली लोवे लुहार सहित ५२ वर्षीय आमा पाना लुहार ५५ वर्षीया सासुआमा झिगंरी विक, सा १३ वर्षीय साला इन्द्र विक र २ वर्षीया छोरी अस्मिता लुहार रहेका छन्।


    घरमा रहेका सरसमान र पशुचौपाया सबै पुरिएका छन्।घ टनाका घाइतेलाई उपचारको लागि दिपायल ल्याइएकाे छ। पुरानो घर भएकाले निरन्तर परेको पानीका कारण भत्केको हुनसक्ने प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७१०:५६:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend