सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

महानगरको १३ करोड गायव, फिर्ता नगरे आन्दोलन गर्ने नेविसंघकाे चेतावनी

महानगरको १३ करोड गायव, फिर्ता नगरे आन्दोलन गर्ने नेविसंघकाे चेतावनी

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 5.5K
    SHARES

  • महानगरको १३ करोड गायव, फिर्ता नगरे आन्दोलन गर्ने नेविसंघकाे चेतावनी

    पोखरा-  पोखरा महानगरपालिकाको १३ करोड रकम बेरुजु निस्केपछि नेविसंघले आन्दोलनको चेतावनी दिएको छ । 

    एकाएक महानगरपालिकाको ठूलो रकम बेरुजु देखिएपछि सामाजिक संजालमा, 'पोखरामा महानगरको १३ करोड खै ? करोडौंँ राजस्व कता हरायो ?' भन्ने प्रश्नहरु आम पोख्रेलीले महानगरसंग गर्दै आएका छन्। 

    तर महानगरका मेयर मान बहादुर जि सी ले १३ करोड होइन पौने २ करोड राजस्व हराएको हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति  दिएका छन् । 

    मेयरको गैरजिम्मेवार अभिव्यक्तिप्रति ध्यानाकर्षण गर्दै सोमबार नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति बिकास थापाले विज्ञप्ती जारी गरेको हो ।

    विज्ञप्तिमा मार्फत नेविसंघले मेयरले गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा आपत्ति जनाएको छ। 'दर्जनभन्दा बढी ठेक्काहरुमा मिलेमतो, बेथिति गरेका  स्मार्ट सिटीको सपना बाड्दै हिड्ने मेयर जि सी लाई ने वि संघ कास्कीले भ्रष्टचारीको नाइके ठहराएको छ। ' विज्ञप्तीमा उल्लेख छ ।

    बेरुजु रकम तत्काल तिरोतारो नगरे आफुहरु आन्दोलनमा उत्रिने चेतावनी नेविसंघले दिएको छ ।उचभकक.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २६ २०७७१०:०८:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend