सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

महाधिवेसनका लागि ताते रामचन्द्र, काँग्रेसकाे पुनर्जागरण भन्दै सार्वजनिक गरे सात बुँदा

महाधिवेसनका लागि ताते रामचन्द्र, काँग्रेसकाे पुनर्जागरण भन्दै सार्वजनिक गरे सात बुँदा

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 4.8K
    SHARES

  • महाधिवेसनका लागि ताते रामचन्द्र, काँग्रेसकाे पुनर्जागरण भन्दै सार्वजनिक गरे सात बुँदा

    काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको पुनर्जागरणका लागि आफ्नो विचार सार्बजनिक गरेका छन् । उनले पार्टीकाे पुनर्जागरणका लागि भन्दै सात बुँदा सार्वजनिक गरेका हुन् ।

    नेता पौडेलले उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास र जनमुखी शासन नै लोकतन्त्रको प्रमुख आधार हुनुपर्ने बताएका छन् । नेता पौडेलले ७ बुँदामा काँग्रेस पुनार्जगरणको आफ्नो धारणा सार्बजनिक गरेका छन् । 

    फागुनमा हुने पार्टीकाे १४औ महाधिवेशनअघि पार्टिभित्र नेताहरूकाे सक्रिया बढ्दै गएकाे छ ।

    पाली कांग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोण

     

    १. पार्टीमा नवजीवन –'निमुखालाई न्याय र विपन्नलाई आय' साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मुल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।

     

    २. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता , मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य ।

     

    ३. समुन्नतिका आधार – प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पुर्वाधार ।

     

    ४. हाम्रो बसोबास – स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

     

    ५. व्यवस्थाको प्रश्न – सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

     

    ६. सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

     

    ७. परराष्ट्र सम्बन्ध – नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाईचारामा आधारित असंलग्न नीति । बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend