आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतका पूर्व-राष्ट्रपति मुखर्जीलाई कोराेना सङ्क्रमण पुष्टि 

भारतका पूर्व-राष्ट्रपति मुखर्जीलाई कोराेना सङ्क्रमण पुष्टि 

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 3.5K
    SHARES

  • भारतका पूर्व-राष्ट्रपति मुखर्जीलाई कोराेना सङ्क्रमण पुष्टि 

    नयाँ दिल्ली- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि भएकाे हाे । 

    कोरोनाभाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

    आफूलाई सङ्क्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेखेका छन्, “मलाई आज कोरोनाभाइरसको सङ्क्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहनु भएका सवैलाई उच्च सतर्कताका साथ आफै एकान्तबासमा बस्न र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।” 

    भारतमा उमेरले ८० बर्ष पुरा गरेका नेताहरुमध्ये कोरोनाभाइरसबाट सङ्क्रमित भएको पहिलो होइन उनी भने हैनन्, यसअघि अरु पनि धेरै बृद्ध नेताहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।  

    केन्द्रीय गृह मन्त्री अमित शाह, राज्य मन्त्री अर्जुन राम मेघवाल, प्रदेशका कृषि मन्त्री कैलाश चौधरीलगायतलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि गरिएको थियो ।

    त्यसैगरी तमिल नाडुका गभर्नर बनवारीलाल पुरोहित, मुख्यमन्त्री विएस येडियुराप्पा, कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बी श्रीरामुलुलगायतलाई पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।  

    भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६२ हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

    दैनिक हजारौमा सङ्क्रमण देखिएपनि भारतमा अहिलेसम्म १५ लाखभन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।  

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजार सात जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४४ हजार ३८६ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २६ २०७७०८:५६:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend