काठमाडौं- एभरेस्ट बैंकका दुर्य कर्मचारीमा कोरोना संक्रमण भएको छ । एभरेस्ट बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय केन्द्रीय कार्यालयमा कर्मचारीहरुलाई संक्रमण देखिएको हो ।
अहिले बैंक शिल गरिएको छ । बैंकमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो ।
यद्यपि बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ । ‘सिल भएको अवधिभर बाँकी कर्मचारीको कोरोना परीक्षण गरिने छ । कार्यालयलाई डिस्इन्फेक्सन गर्छौं, त्यसपछि हामी पुनः कार्यालय खोलेर सेवा दिने बैंकले जनाएको छ ।
मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।