जनकपुरधाम- चिनीको भोलाभित्र पस्तोल लुकाएर पेस्तोल ओसारपसार गरिरहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको बाह«विघाबाट चिनीको झोलाभित्र पेस्तोल बोक्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाएको ४ दशमलव ५लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाई नियन्त्रणमा लिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।