सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

नेकपा र समाजवादी पार्टीका ठूला नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, खतिवडाले गरे स्वागत

नेकपा र समाजवादी पार्टीका ठूला नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, खतिवडाले गरे स्वागत

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 14.0K
    SHARES

  • नेकपा र समाजवादी पार्टीका ठूला नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, खतिवडाले गरे स्वागत

    ओखलढुंगा- ओखलढुंगामा तत्कालिन माओवादी वडा महिला सदस्यको उम्मेदवार र समाजवादी पार्टीका युवानेता लगायत १५ जनाले नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

    जिल्लाको मानेभञ्ज्याङ वडा नम्बर ९ मा नेकपा माओवादी महिला सदस्यको उम्मेदवार कोपिला राई र संघिय समाजवादीका युवा नेता नवीन राई सहितले काँग्रेस प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाको प्रमुख्य अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति प्रदिप कुमार सुनुवारको विशेष अतिथ्यता रहेको थियो ।

    जिल्ला सचिव रुद्र अधिकारी, क्षेत्र नम्बर ०२ क्षेत्रीय सभापति तथा मानेभञ्ज्याङ गाउँ प्रमुख मोतिराज राई  र सह-सचीव तथा मानेभञ्ज्याङ गाउँ पालिका उप-प्रमुख सविता राईलगायतले कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गरेको  नेता खतिवडाका स्वाकिय सचिव हुकुम राइले जानकारी दिएका छन् ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  नेता खतिवडाले अब नेपाली काँग्रेसको जित निश्चित रहेको बताएका छन् ।  कार्यक्रममा बोल्दै उनले भने, 'राणा र राजाको अन्त्य गरेको नेपाली काङ्ग्रेसलाई जिताएर यो देशमा फेरि शान्ती र समृद्धि तर्फ हामी लाने छौं । म सधैं तपाईंहरुसंग सहकार्य गर्न तयार छु ।'

    नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवारले नयाँ प्रवेशी युवा साथीहरुलाई सधै यो कम्युनिष्ट ज्याजदी विरुद्ध सधैं लाग्न अनुरोध गर्दै नयाँ हु भन्ने आभास कहिले नगराउने सधैं संग-संगै रहने प्रतिबद्धता गरेका छन् ।

    कार्यक्रममा बोल्दै उनले सबै कार्यकता साथीहरुलाई जनसेवामा जुट्न अनुरोध गरेका छन् ।

    nc_okhldhunga2.jpg

    nc_okhldhunga1.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend