सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देशभरका अधिकांश स्थानमा बर्षा हुने, सतर्क रहन आग्रह 

देशभरका अधिकांश स्थानमा बर्षा हुने, सतर्क रहन आग्रह 

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 5.9K
    SHARES

  • देशभरका अधिकांश स्थानमा बर्षा हुने, सतर्क रहन आग्रह 
    फाइल तस्बिर

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अहिले (बिहान) देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही मुलुकभर हल्का बर्षा भइरहेको छ । विभागका अनुसार आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राति बागमती प्रदेश,  प्रदेश १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशका अधिकांश स्थानमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

     भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म नै वर्षा भए पनि अब लगातार झरी सम्भावना भने कम भएको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २६ २०७७१०:५८:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend