काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको बाहिरीजिल्लाबाट काठमाडौं आउनमा रोक लगाएको छ ।
कोभिड१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी्)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।
सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ र, अधिकांश संक्रमित विभिन्न जिल्लामाट आएका छन् ।अन्तत बाहिरी जिल्लाबाट काठमााडैं आउन रोक
यसबाहेक सीसीएमसीले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार पूर्ण रुपमा बन्द गर्न समेत सिफारिस गरेको छ ।
यसबारे भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।