सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आदिवासी दिवसमा देउवाले भने- 'इतिहास साक्षी छ, काँग्रेसले के के गरेकाे छ'

आदिवासी दिवसमा देउवाले भने- 'इतिहास साक्षी छ, काँग्रेसले के के गरेकाे छ'

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 7.0K
    SHARES

  • आदिवासी दिवसमा देउवाले भने- 'इतिहास साक्षी छ, काँग्रेसले के के गरेकाे छ'

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै काँग्रेसले आदिवासीको हकका लागि काँग्रेसले सधैं काम गर्दै आएको बताएका छन् ।

    आइतबार शुभकामना सन्देश जारी गर्दै देउवाले भने, ‘नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी छ’, देउवाले भने, ‘नेपाली कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भैसकेको छ ।’

    देउवाले  आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत दिवसले योगदान दिने बताएका छन् । उनले, ‘सबै जाति, समुदाय, भाषा, संस्कृतिको ‘पहिचान भेटिने र जातीय द्वन्द मेटिने’ नीतिको अख्तियार पनि नेपाली कांग्रेसले नै गर्‍यो’, उनले भने, ‘नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।’

    देउवाले जारी गरेको शुभकामना सन्देशमा अघि भनेका छन्, ‘आजको यो अवसरमा आदिवासीको भाषा, संस्कृतिको कदर गर्दै विश्वका समस्त आदिवासी लगायत सबैका बीच विश्व वन्धुत्व एवं आपसी सद्भाव निरन्तर रहि रहोस् भन्दै शुभकामना व्यक्त गर्दछु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend