सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पूजा शर्मा विवादमा, सञ्चारकर्मी प्रकाश सुवेदीलाई तनाब

पूजा शर्मा विवादमा, सञ्चारकर्मी प्रकाश सुवेदीलाई तनाब

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 6.7K
    SHARES

  • पूजा शर्मा विवादमा, सञ्चारकर्मी प्रकाश सुवेदीलाई तनाब

    काठमाडौँ– नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच विवाद चुलिएपछि उजुरी परेको छ । नायिका शर्माले सञ्चारकर्मी सुवेदीविरुद्ध कलाकार संघमा उजूरी दिएकी हुन्। 

    सञ्चारकर्मी सुवेदीले एक कार्यक्रममा होच्याउने शब्द प्रयोग गरेपछि विवाद सुरु भएको हो । बिहीबार ए पी वान टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रजतपटको सुरुमा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले नायिकाहरुलाई होच्याएर ‘दारा निस्किएको अनुहार’ भनेको कुराबाट विवाद सुरु भएको हो ।

    सुवेदीले नाम नलिइकन ‘अन्तवार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले पनि लिएको अन्तवार्ता काटिदिनुपर्ने मिलाई मिलाई। महानायिका बनाइदिनु पर्ने दारा निस्केको अनुहारलाई। कति हाँस्नु !’ भनेका थिए ।

    त्यसपछि नायिका शर्माले फेसबुकमा लामो स्टाटस राख्दै आफूलाई अन्तर्वार्ता दिन बोलाइएको तर आफ्नो मानसिक अवस्था ठीक नभएको कारणले दिन नसकेको बताएकी छन् । त्यसपछि उनले उजुरी दिएकी हुन् ।

    नायिका शर्माले सञ्चारकर्मी सुवेदीविरुद्ध चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनका साथै प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि उजुरी  दिने जनाइएको छ ।


    सुवेदीले यसअघि प्राइम टाइम टेलिभिजनमा नायिका पूजा शर्मासँग लिइएको अन्तवार्ता विवादमा आएको थियो, नायिका शर्मा उक्त अन्तवार्तापछि ट्रोलको शिकार भएकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०६:४६:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend