सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शिक्षामा वितण्डा, त्रिविको क्याम्पसमा प्राध्यापकले लाए ताला

शिक्षामा वितण्डा, त्रिविको क्याम्पसमा प्राध्यापकले लाए ताला

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 3.8K
    SHARES

  • शिक्षामा वितण्डा, त्रिविको क्याम्पसमा प्राध्यापकले लाए ताला

    बागलुङ- पेशागत सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

    बिहान ११ बजे प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन् । 

    आंशिक प्राध्यापकको पेशागत हित र सुरक्षाको माग गर्दै लामो समयदेखि गरेको आन्दोलनप्रति त्रिवि गम्भीर नबनेकोसमेत आरोप लगाइएको छ । 

    श्रमिकको सन्तुष्टिले संस्थाप्रति जिम्मेवार, जवाफदेहिता र सिर्जनशीलता बढाउने भन्दै उनीहरुले श्रमिकलाई काममा लगाएर पारिश्रमिक नदिने, आफैँले कानून बनाएर लागू नगर्नेलगायतको कामले आंशिक प्राध्यापकको धैर्य टुटेको बताएका छन् । 

    तालाबन्दीप्रति सङ्घको केन्द्रीय समिति, मोफसल समिति र पेशागत अन्य सङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । 

    सङ्घका अध्यक्ष विष्णुप्रसाद चापागाईं, उपाध्यक्ष श्यामप्रसाद शर्मा र सचिव सरोजराज पन्तले हस्ताक्षर गरेको विज्ञप्तिमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्ष, रजिस्ट्रार लगायतलाई बोधार्थ पनि दिइएको छ ।

    तालबन्दीबारे उनीहरुले त्रिवि प्राध्यापक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, प्रगतिशील प्राध्यापक सङ्घ, राष्ट्रिय प्राध्यापक सङ्घ र स्वतन्त्र विद्यार्थी युनियनलाई पनि जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०६:३३:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend