सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडाैं काेराेनाकाे हटस्पट बन्ने खतरा, सरकारले लागु गर्याे यस्ताे निर्णय

काठमाडाैं काेराेनाकाे हटस्पट बन्ने खतरा, सरकारले लागु गर्याे यस्ताे निर्णय

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 6.3K
    SHARES

  • काठमाडाैं काेराेनाकाे हटस्पट बन्ने खतरा, सरकारले लागु गर्याे यस्ताे निर्णय

    काठमाडौं-  काठमाडाैंमा काेराेना भाइरसकाे जाेखिम बढेसँगै सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेकाे छ । यसैबेला सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन्। यात्रुको यो बाध्यताबीच काठमाडाैं काेराेनाकाे हटस्पट बन्ने खतरा बढ्दै गएकाे छ ।

    कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउँछन्।

    यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोर बीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उनको भनाइ छ।   गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ। 

    भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउँछन्। पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उनले बताए। कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दा समेत कतै पनि प्रहरीले जाँच नगरेको बताउँछन्। 

    कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन्। भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ। दैनिक टीकाथली बाट आउने सवारीमा सिट भरेर उभिएर समेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उनले सुनाए। 

    सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकअनुसार ५० प्रतिशत बढाएर असुल गरिरहेका छन्। सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सातरआठ जना यात्रु उभ्याएर यात्रा गरायो। 

    यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यस अन्तर्गतको प्रभाव गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए। पुतलीसडकमा झरेका एक यात्रुले साबिक कै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे। यात्रु रामसुन्दर श्रेष्ठ ५० प्रतिशत बढेको भाडा नदिएपछि परिचालनसँग बाझ्नु परेको सुनाउँछन्। 

    यात्रु श्रेष्ठले बढेको ५० प्रतिशत भाडा तिर्नुपरे ट्राफिक प्रहरीलाई खबर गर्छु भनेपछि चालकले सवारी दौडाएर बागबजारतिर लगे। उनले भने महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नं फोन गरेर कारवाही गर्न उजुरी टिपाएको सुनाए। महाशाखाका प्रवक्ता वामदेव गौतम ट्राफिकले उपत्यकाका ३२ स्थानमा जाँच केन्द्र नै स्थापना गरी बढी यात्रु चढाए नचढाएको अनुगमन भइरहेको बताउँछन्। शनिबारसमेत नियम विपरीत चलेको एक हजार १७५ सवारी नियन्त्रणमा लिइएको थियो। त्यसमध्ये ८०० मोटरसाइकल र ३७५ ठूला सवारी रहेको प्रवक्ता गौतमले बताए। ु

    सङ्क्रामक रोगको जोखिम बढिरहेका बेला दोहरिएर नियम विपरीत चलाउने सवारीलाई सङ्क्रामक रोग ऐनअनुसार हदैसम्मको कानूनी कारबाही गर्छौं, सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने लगायत नियम उल्लङ्घन गरेमा महाशाखाको १०३, नेपाल प्रहरीको १०० र नजीकको प्रहरी कार्यालयको टेलिफोन नं फोन गरेर सवारी नं टिपाए तत्काल मोटरसाइकलमा खटिने समूहले कानुनी कारवाही गर्छ,ु उनले भने।  

    ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ। राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन्। दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन्। 

    कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन्। भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य उपत्यकाबाहिर सार्वजनिक यातायात चल्न नदिए पनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको दाबी  गर्छन्। 

    सरी आउने यात्रुका कारण उपत्यकामा कोरोनाको जोखिम अझै बढ्ने उनको भनाइ छ। राजधानीमा चल्ने साझा यातायात साँगा भञ्ज्याङसम्म पुगेर सिट क्षमताभन्दा बढी यात्रु ओसार्दा पनि प्रहरी मूकदर्शक बनेको महासङ्घले जनाएको छ। दोलालघाटलगायत काभ्रेपलाञ्चोक जिल्लाका सीमा स्थलबाट आएका मानिस साँगाबाट साझा चढी राजधानी छिर्ने गरेको पनि अध्यक्ष कर्माचार्यले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०६:०१:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend