सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारत सरकारले नेपाली सेनालाई दियो करिब २ करोड भन्दा माथि पर्ने दश वटा भेन्टिलेटर

भारत सरकारले नेपाली सेनालाई दियो करिब २ करोड भन्दा माथि पर्ने दश वटा भेन्टिलेटर

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 6.8K
    SHARES

  • भारत सरकारले  नेपाली सेनालाई  दियो करिब २ करोड भन्दा माथि पर्ने  दश वटा भेन्टिलेटर

    काठमाडौं - विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय सेनाले २०७७ श्रावण २५ गते नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

    नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा दिएका हुन्  ।

    एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

    यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ ।

    यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको
    ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी भएको बताइएको छ  ।

    मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

    दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको जानकारी दिइएको छ  ।

    हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्घ रहेको स्पष्ट पारे ।

    करिब २ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने दश वटा भेन्टिलेटर भारत सरकराले नेपाली सेनालाई उपलब्ध गराएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका छन् । यसले कोरोना उपचारमा थप सहयोग पुग्ने सेनाले विस्वास लिएको छ ।

    bharat.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१२:२४:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend