काठमाडौं–भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेका छन् । हिजो एउटा भर्चुअल सम्मेलनमा उनले बुद्ध र महात्मा गान्धीलाई ‘महान भारतीय’ भनेका हुन् ।
जयशंकरले क्न्फडरेसन अफ इन्डियन इन्डट्रिजद्वारा आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा भने, ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर दुईजनालाई चिन्ने हो, पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी ।’ यी दुईलाई पूरै विश्वले महान् भारतीयका रुपमा चिन्ने उनको भनाई थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सम्बोधनका क्रममा बुद्धलाई भारतीय भन्ने गरेका छन् । पछिल्लो समय भारतका विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेका हुन् ।
यसैगरी जयशंकरले बुद्धलाई भारतीय भनेपछि नेपालमा उनको आलोचना भएको छ । सामाजिक सञ्जालमा जयशंकरको अभिव्यक्तिको कडा आलोचना हुन थालेको छ । बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुरातात्विक तथ्यहरुले प्रमाणित गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।