नुवाकोट- नुवाकोटमा एक सयभन्दा बढी नेकपाका नेता एवं कार्यकर्ताहरु काँग्रेस प्रवेश गरेका छन् । त्यस्तै नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य शन्तबहादुर तामाङ काँग्रेस प्रवेश गरेका हुन् ।
त्यस्तै एक सयभन्दा बढी नेकपाका नेता एवं कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले पार्टी प्रवेश गराएउँदै स्वागत गरेका थिए ।
कांग्रेस प्रवेश गरेकाहरूले कम्युनिस्टहरू झुठको खेती गर्नेहरूको झुण्ड रहेको भन्दै कम्युनिस्टको पछाडि लागेर समय खर्च गरेको बताए । उनीहरूले कम्युनिस्टको पछाडि नलाग्न अपील गरेका छन् ।
यसैबीच, काठमाडौंमा शनिबार नुवाकोटका नेकपाका नेता एवम् उद्यमी रामचन्द्र पुडासैनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पछिल्लो समय काँग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । नेकपाभित्रको आन्तरिक किचलो र शिर्षनेताहरुबीचको विवादले पार्टी कार्यकर्ताहरु नै वाक्क दिक्क भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।