सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुनिल थापा कांग्रेस प्रवेश गरेपछि विक्रम पाण्डेले पनि पार्टी छोड्ने! राप्रपामा खैलाबैला

सुनिल थापा कांग्रेस प्रवेश गरेपछि विक्रम पाण्डेले पनि पार्टी छोड्ने! राप्रपामा खैलाबैला

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 38.7K
    SHARES

  • सुनिल थापा कांग्रेस प्रवेश गरेपछि विक्रम पाण्डेले पनि पार्टी छोड्ने! राप्रपामा खैलाबैला

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनि थापा नेपाली कांग्रेस प्रवेश गरेको एक सातापछि फेरि पूर्वउपाध्यक्ष विक्रम पाण्डे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने चर्चाले चलेको छ।  पाण्डे नेकपामा प्रवेश गर्न लागेको विषयले राप्रपामा अर्को बहस सुरु भएको हो।

    राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको पाँच महिना हुँदा पनि सुल्झाउन बाँकी रहेका केहि विषयमा सहमति गर्न बिहीबार बसेको नेताहरुको बैठकमा समेत पाण्डे नेकपा प्रवेश गर्न लागेको विषय उठेको थियो।पूर्वमन्त्री हरिबहादुर बस्नेतको बासँबारीस्थित निवासमा बिहीबार बसेको बैठकमा पाण्डे पनि उपस्थित थिए।

    बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, श्याम तिमल्सिना, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, जयन्त चन्दसहितका नेताहरुको सहभागिता थियो। बैठकमा एकीकृत पार्टीको चुनाव चिन्ह हलो हुनुपर्ने अडान पूर्व राप्रपा–संयुक्त पक्षले राखेको थियो।

    हलो चिन्हमा विशेष जोड दिनेमध्ये पाण्डे पनि थिए। बैठकमा पाण्डेले पार्टी एक हुने नाममा हलो चिन्ह छाड्न नसकिने बताएका थिए। पाण्डेको कुरा सुनेपछि जयन्त चन्द र श्याम तिमल्सिनाले पाण्डेको विषयमा पार्टीमा भित्रभित्रै चलेको चर्चाबारे कुरा उठाएका थिए।

    नेपालको पहिलो नम्बरका निर्माण व्यवसायी पाण्डे चितवनमा राजनीतिक पकड भएका नेता हुन्। गत आम निर्वाचनमा राप्रपा संयुक्तको तर्फबाट पाण्डेले तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध चितवन ३ मा प्रतिस्पर्धा गरेका थिए।

    प्रचण्डले ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए। उनी यसअघि दोस्रो संविधान सभा निर्वाचनमा चितवन ५ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। अहिले सो क्षेत्र चितवन ३ मा परेको छ, जहाँबाट नेकपा अध्यक्ष प्रचण्ड निर्वाचित भएका छन्।

    निर्वाचन क्षेत्रमा बलियो पकड र राप्रपाबाट प्रत्यक्ष निर्वाचित महामन्त्री भइसकेका पाण्डे यसअघि सरकारको मन्त्री समेत बनिसकेका हुन्। तर सिक्टा सिँचाइ परियोजनामा उनको कम्पनीले अनियमितता गरेको भनी अख्तियारले अदालतमा उनीबिरुद्ध समेत मुद्दा हालेपछि उनी पछिल्लो समय त्यसबाट सफाइ पाउन संघर्षरत् छन्।

    त्यसका लागि पाण्डेले राज्यका बिभिन्न निकायसँग सम्बन्ध सुधार गरी सो मुद्दालाई आफ्नो पक्षमा पार्न प्रयास जारी राखेका छन्।

    यहिबेला नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद बढेपछि पार्टी फुट्नसक्ने संभावनाको समेत आकलन हुन थालेको छ।

    प्रचण्डसँग तिक्तता बढिरहेका बेला ओलीले उनलाई चितवनमा कडा टक्कर दिनसक्ने प्रभावशाली व्यक्तिको खोजिको क्रममा पाण्डेसँग कुराकानी अगाडि बढाएको हुनसक्ने आफूहरुको बुझाइ रहेको राप्रपा नेताहरुले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २४ २०७७०९:२८:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend