काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन दुतावास अगाडि मोटरसाईकल दुर्घटना हुँदा २ युवक घाइते भएका छन् ।
शुक्रबार राति १० बजेर २० मिनेट जाँदा टिचिङ अस्पतालबाट चक्रपथतर्फ जाँदै गरेको प्रदेश २- ०२००१ प २२७६ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको बा ४ ख २६२५ ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु दुवैजना मोटरसाइकलमा सवार रहेका युवक रहेको प्रहरीको भनाइ छ । उनीहरूलाइ उपचारको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
उनीहरुको परीचय भने खुल्न सकेको छैन । रोकिराखिएको ट्रकका चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।