काठमाडौं- शुक्रबार बेलुका (करिब राति भइसकेको समयमा) भएको विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतको केरलमा दुबईबाट आएको विमान दुर्घटना भएको थियो ।
विमानमा ४ जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विमानमा चालक दलका सदस्यसमेत १९० जना सवार थिए तीमध्ये १० जना बच्चाहरु रहेका थिए ।
नागरिक उडड्यनमन्त्री हरदीप सिंह पुरीले ट्विट गरेर दुर्घटनाका लागि दुइटा समिति गठन गरिएको जानकारी दिएका छन्। एउटा एयर इन्डिया एक्सप्रेसको र अर्को एयरपोर्ट्स अथोरिटी अफ इन्डियाको।
मलपुरमका आईजीपी अशोक यादवले बीबीसीसँग भनेका छन्, ‘करिब १६० घाइतेलाई फरक(फरक अस्पतालमा भर्ना गरिएको छ, यसमध्ये २०–२५ यात्रु गम्भीर अवस्थामा छन्।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।