सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अन्तरघातिलाई कारबाही नगरेसम्म काँग्रेस पहिलो पार्टी बन्दैन : महर्जन

अन्तरघातिलाई कारबाही नगरेसम्म काँग्रेस पहिलो पार्टी बन्दैन : महर्जन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 11.2K
    SHARES

  • अन्तरघातिलाई कारबाही नगरेसम्म काँग्रेस पहिलो पार्टी बन्दैन : महर्जन

    काठमाडौं- नेपाली काँग्रेस खेलकुद विभागका सचिव तथा युवानेता मीन कृष्ण महर्जनले निर्वाचनको बेलामा सुर्यमा भोट हाल्ने र हाल्न लगाउने नेताहरुलाई आजिवन कांग्रेसबाट निष्कासन गर्नु पर्ने बताएका छन् ।


    शुक्रबार ललितपुर क्षेत्र नम्बर १ प्रदेश (ख)बागमती गाउँपालिका वडा नम्बर २ माल्टामा भएको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेता महर्जनले यस्ताे भनेका हुन् ।

    कार्यक्रममा साविक माल्टा गा. बि. स. वडा अध्यक्ष केदारमान भुलन, वीरबहादुर थापा मगर,  पूर्व जनमुक्ति सेना जीवन घिसिङ लगायत ४२ जनाले नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए।

    नेता महर्जले '३६४ दिन कांग्रेस हुने, जुनदिन चुनाव हुन्छ त्यहि दिन पैसाको प्रलोभनमा परेर विपक्ष पार्टीसंग पैसा कुम्ल्याएर सुर्यमा भोट हाल्ने,  आफ्नो परिवार र नातागोताहरुलाई सुर्यमा भोट हाल्न लगाउने नेतालाई अब आउने १४ औ महाअधिवेशनमा बहिष्कार गर्नुपर्ने' समेत बताएका छन्। 

    त्यस्तै नेता महर्जनले कांग्रेसमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई बाटोमा छेक्ने धाकधम्की दिने कार्य गरेकोमा घोर भत्सना गर्दै अब उप्रान्त यस्तो कार्य गरेमा त्यस्को मूल्य चुकाउनु पर्ने बताए। 

    महर्जनले नव प्रवेशीहरुलाई पार्टीमा उचित स्थान दिने र जिवनमा आई पर्ने दु:ख-कष्टमा आफुले सक्दो सहयोग गर्ने समेत बताएका छन्। महर्जन निर्वाचनमा प्रदेश (ख) तर्फ सांसदमा अन्तरघातका कारण झिनो मतले पराजित भएका थिए ।

     सामाजिक कार्यमा पनि निकै सक्रिय नेता महर्जन ललितपुर जिल्लाका निकै लोकप्रिय युवा नेता हुन् ।

    उनले लकडाउनको बेलामा  दैनिक ज्याला मजदुरहरु आफ्नो दैनिक जिवन गुजरा गर्नेहरूलाई २ महिनासम्म २ सय जनासम्म लगनखेल डोजोमा खाना खुवाएका थिए।  कोरोना संक्रमित बढ्दै गएपपछि उक्त खाना खुवाउने कार्यक्रम बन्द गरिएकाे थियाे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend