काठमाडौं- तीन दिनसम्म ५० जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको चलेको बृहत् छलफलले न्यायालयमा पछिल्लो समय विचलन आएको ठहर गरेको छ ।
उनीहरूले न्यायालय शुद्धीकरण हुनुपर्ने भन्दै पहल लिन नेपाल बार एसोसिएसनलाई ध्यानाकर्षण गराएका छन्।
वरिष्ठ अधिवक्ता हरि उप्रेती तथा बारका पूर्व महासचिव सुनील पोखरेल र अधिवक्ता भीमार्जुन आचार्यको तीन सदस्यीय टिमले बृहत् छलफलका आधारमा एक ध्यानाकर्षण नोटिस तयार पारेको छ। उक्त ध्यानाकर्षणमा न्यायालयमा पछिल्लो समयमा आएको विचलनप्रति चिन्ता व्यक्त गरिएको छ।
उनीहरुले २१बुँदे अपिल जारी गर्दै न्यायालयमा तत्काल सुधार गर्न २० बुँदे माग पनि राखेका छन्। उनीहरुले इमान्दार‚ निष्ठावान र सक्षम व्यक्तिहरूको मानमर्दन गरेर लघुताभाषमा बाँच्न बाध्य तुल्याइएको र कलेजमा सँगसँगै अध्ययन गरेकामध्ये न्याय सेवामा प्रवेश गरेको व्यक्ति जिल्ला अदालतको न्यायाधीश हुन नपाउँदै कानुन व्यवसायका व्यक्तिहरू सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्तिका योग्य भएको भन्दै ध्यानाकर्षण गराएका छन्।
नियुक्ति भएको पदको लागि आवश्यक पर्ने कुनै क्षमता नै नभएका निष्ठाच्यूत व्यक्तिहरूलाई न्यायाधीश मानेर बेञ्चमा उपस्थित हुँदा लाजले र पीडाले व्यथित मनोभावमा छटपटाउनु पर्ने बाध्यतामा उभिनु परिरहेको उनीहरुको ठहर छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।