काठमाडौं- ज्योतिष अर्जुन क्षेत्री (ज्योतिष)सहित ४ जना जेल चलान भएका छन् । ठगीको आरोपमा प्रहरी नियन्त्रणमा परेका उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गरिएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार जिल्ला अदालत, काठमाडौंको आदेशले आफूलाई ज्योतिष बताउने क्षत्रीसँगै, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पूर्पक्षको लागि जेल चलान भएका हुन् ।
ज्योतिष क्षत्रीसँगै प्रहरी नियन्त्रणमा परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल जनही एकरएक लाख र विवेक देवकोटा ५० हजार धरौटीमा रिहा भएका पनि जानकारी गराइएको छ ।
गैर कानूनी लाभ लिएको आरोपमा गत असार २६ गते क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।