सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शीर्ष ४ बाट छुट्टिए वामदेव गाैतम, त्रिपक्षिय विचारधाराकाे समुह बन्याे नेकपा

शीर्ष ४ बाट छुट्टिए वामदेव गाैतम, त्रिपक्षिय विचारधाराकाे समुह बन्याे नेकपा

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 8.3K
    SHARES

  • शीर्ष ४ बाट छुट्टिए वामदेव गाैतम, त्रिपक्षिय विचारधाराकाे समुह बन्याे नेकपा

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र तीन समुह रहेको र आफु भने समुहगतरुपबाट छुट्टै बसेको बताएका छन् ।

    उनले नेकपामा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका तीनवटा विचार समूह बनेको बताएका हुन्। नेकपामा तीन समुह रहे पनि आफु भने समुहगत रुपमा नरहेको उनले बताएका हुन् ।

    सचिवालयमार्फत जानकारी गराउँदै उनले भने, “अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्‍न । तर ओली र प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह–सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु । पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,”

    त्यस्तै उपाध्यक्ष गौतमले ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको भन्दै त्यसैकारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाँहरुले बोलाउँदा आफूले भेट्ने गरेको दावी गरे । 

    ‘मैले समय–समयमा भेट गरेको बेला क। ओलीकै अगाडि वहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । क। प्रचण्डलाई पनि वहाँकै अगाडि वहाँको आलोचना गर्ने गरेको छु’, उपाध्यक्ष गौतमले भनेका छन् ।

    उनले पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई आफूले गुट नमान्ने र आफूलाई यो वा त्यो गुटसँग सम्बन्धित नगराउन पनि अनुरोध गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २३ २०७७०६:५२:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend