सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विद्यालय खुल्नेबारे शिक्षा मन्त्रीले दिए यस्तो जानकारी

विद्यालय खुल्नेबारे शिक्षा मन्त्रीले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 9.6K
    SHARES

  • विद्यालय खुल्नेबारे शिक्षा मन्त्रीले दिए यस्तो जानकारी

    काठमाडौं- केहि दिन पहिलाको निर्णय अनुसार भदौ १ गते स्कुल खुल्न सक्ने सम्भावनाका विषयमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले जानकारी गराएका छन् ।

    उनले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएका कारण तत्काल स्कुल खुला गर्न नसकिने भन्दै वैकल्पिक शिक्षा सिकाइलाई नै प्राथमिकता दिनु पर्ने बताएका हुन् ।

     संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

    बैठकमा बोल्दै उनले भने, ‘प्रत्यक्ष कक्षा कोठामा उपस्थिति भएर पठन(पाठन गराउने अवस्था छैन’, उनले भने, ‘असामान्य परिस्थितिमा असामान्य ढंगले हाम्रा मान्यताहरु विकास गर्नुपर्ने हुन्छ। तिनीहरुले भोलि सामान्य परिस्थितिको लागि पनि योगदान दिन सक्दछन्।’

    ‘शिक्षालयहरुलाई संक्रमण हुने केन्द्रको रुपमा अगाडि बढ्न नदिनका लागि हमीले गम्भीरतापूर्वक लिनुपर्छ। यो राज्यले सिर्जना गरेको विभेद होइन। परिस्थितिले ल्याएको हो’, मन्त्री पोखरेलले भने, ‘स्कुलहरुको पुनः सञ्चालनको कार्य ढाँचा निर्माणको अन्तिम चरणमा छौँ। कोरोनाको महाविपत्तिले समग्र अर्थतन्त्रमा पारेको प्रावलई पनि हेर्नुपर्यो। शिक्षा एक्लैलाई मात्रै हेर्ने कुरा छैन।’

    मन्त्री पोख्रेलले लामो समय स्ुकल बन्द हुँदा भइरहेको समस्याप्रति सरकार गम्भिर रहेको र स्थिती सहजहुँदा छिट्टै नै खुलाउने तयारी गरिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २३ २०७७०५:५५:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend