सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस प्रवेश गर्नेको लहर, ललितपुरमा पुराना कम्युनिस्ट नेता सहित ४२ जना प्रवेश 

कांग्रेस प्रवेश गर्नेको लहर, ललितपुरमा पुराना कम्युनिस्ट नेता सहित ४२ जना प्रवेश 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 14.7K
    SHARES

  • कांग्रेस प्रवेश गर्नेको लहर, ललितपुरमा पुराना कम्युनिस्ट नेता सहित ४२ जना प्रवेश 

    काठमाडौं– पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढीरहेको छ। सोही क्रममा शुक्रबार ललितपुरमा ४२ जना कम्युनिस्ट कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। 

    बागमती गाउँपालिका– २ माल्टामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ३४ बर्ष कम्युनिस्ट पार्टीमा काम गरेका २०५४ सालमा वडा अध्यक्ष निर्वाचित भएका केदारमान भुजेल सहितका नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्। 

    भुजेल २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार थिए। कम्युनिस्टकाे पूरै टाेलि मिलेर भुजेललाई काँग्रेस प्रवेश गर्नबाट राेक्न खाेजिएकाे थियाे यद्यपी भ्रष्ट सरकारसँग नरहने भन्दै उनी काँग्रेस प्रवेश गरेका हुन् ।

    यस्तै २०५४ सालमै वडाध्यक्ष जितेका  वीर बहादुर थापा मगर समेत कांग्रेस प्रवेश गरेका छन्। 

    पूर्व जनमुक्ति सेना जीवन घिसिङ, दिपेश घिसिङ, मीन कुमार सुनार, हरि प्रसाद मिश्र, सुनिल दर्लामी मगर, सन्तलाल वाईबा अप्सरा न्यौपाने लगायत समेत कांग्रेस प्रवेश गरेका छन्।

    पार्टी प्रवेश गर्नेहरलाई काँग्रेसले टिका र खाजासहित स्वागत गरेको छ ।

    कार्यक्रममा कांग्रेस ललितपुर सभापति तथा मदन बहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदय शम्सेर राणा, नेता मीन कृष्ण महर्जन, बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, उपप्रमुख रन्जना घिमिरे,  जिल्ला सदस्य राम कृष्ण हुमागाई,  रबिन्स शर्मा वडा अध्यक्ष तथा बागमती गाउँपालिका सभापति बिष्णु तिमल्सिना, जिल्ला समन्वय समितिका सदस्य जयराम तिमल्सिना, नेवि संघ ललितपुर जिल्ला सचिव दिपक घिमिरे,  तरुण दल ललितपुर १ का अध्यक्ष कमल लों तामाङ लगायत उपस्थित थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend