काठमाडौं– दाङमा नेकपा परित्याग गरी २ सय १८ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा शुक्रबार भएको कार्यक्रममा नेकपा परित्याग गरी युवाहरु कांग्रेस प्रवेश गरेका छन्।
तुलसीपुरमा आयोजित पार्टी प्रवेश तथा युवाहरुलाई प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले २ सय १८ जना युवाहरुलाई पार्टी प्रवेश गराए।
पार्टि प्रवेश गराउँदै नेता गिरीले युवाहरुको हरेक दुःख सुखमा नेपाली कांग्रेसले साथ दिने प्रतिबद्धता ब्यक्त गरे।
उनले कम्युनिस्ट सरकारले युवाहरुको बारेमा वेलैमा सोच्न आग्रह गरे। कोरोना भाइरस महामारीमा विभिन्न काण्ड र पार्टि विवादमा रहेको नेकपाको असक्षम सरकारले युवाहरुले ठुलै आश गर्न नसक्ने अवस्था रहेको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, सांसद शकंर गिरी, नेताहरु केशव आचार्य, लेवेन्द्र धिताल, जिल्ला सचिव शकंर डाँगी, महासमिति सदस्य देविका नेपाली, क्षेत्र नं ३ क का सभापति घनश्याम ढकाल, तरुण दल दाङका उपाध्यक्ष मुक्ति न्यौपाने, प्रजातान्त्रिक व्यवसायी विनु रेग्मी अधिकारी लगायतले नेपाली कांग्रेस सवैको साझा पार्टि भएकाले नेकपा परित्याग गरी युवाहरु नेपाली कांग्रेसमा प्रवेशमा गर्नु सुखद रहेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।