सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

कोइराला–पौडेलद्वारा कार्यकर्ता बचाउन बहिस्कार, कपिलवस्तुमा उपाध्यायको उत्पात

कोइराला–पौडेलद्वारा कार्यकर्ता बचाउन बहिस्कार, कपिलवस्तुमा उपाध्यायको उत्पात

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 7.3K
    SHARES

  • कोइराला–पौडेलद्वारा कार्यकर्ता बचाउन बहिस्कार, कपिलवस्तुमा उपाध्यायको उत्पात

    काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी फागनु महिनामा हुने दाबी गरिएको छ । जसले जे भने पनि कोरानाका कारण कांग्रेसको महाधिवेशन फागुनमा हुने कुनै सम्भावना छैन ।

    सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला सबैलाई यो कुरा राम्रोसँग जानकारी छ ।

    देउवाले धमाधम विभागहरू गठन गरेर आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्न लागेपछि आत्तिएको पौडेल–कोइराला समूहले बखेडा झिकेको छ । कोरोनाले दैनिक सरह ज्यान गइरहेका बेला कांग्रेसको महाधिवेशन हुन्छ भन्ने कुरा कसैले पनि पत्याएका छैनन् ।

    देउवालाई असफल बनाउन पौडेल–कोइराला समूहले विभाग गठनमा अबरोध गरेका हुन् । उनीहरूलाई देउवाले ४० प्रतिशत भाग पनि दिएका छन् । पौडेल–कोइराला समूहभित्रै भाग नमिलेपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

    त्यति मात्रै होइन आफ्ना नेता तथा कार्यकर्ता रोकथाम गर्न पनि विभागलाई बहिस्कार गर्ने कोइराला–पौडेलको नीति छ ।

    त्यो नीतिले धेरै काम गर्नेवाला छैन । कोइराला–पौडेलका कार्यकर्ताहरू देउवातिर लाग्ने पक्का छ । कोइराला–पौडेलको पछाडि लागेर सधैँ जीवन विताएका कार्यकर्ताहरूलाई विभागमा अवसर दिने बेला बहिस्कार गरेपछि तनाब हुनु स्वभाविक हो ।

    यस्तो अवस्थामा उनीहरू जहाँ अवसर पाउँछन् त्यतै लाग्छन् । कांग्रेस भनेको पौडेल–कोइरालाको बिर्ता होइन ।
    देउवाको पनि कमीकमजोरी छन् । देउवालाई ती कमीकमजोरीबाट निकालेर सहिबाटोमा लैजाने बेला पौडेल–कोइराला समूह आफ्नो व्यक्तिगत स्वार्थमा लागेको छ ।

    बरु नेता कृष्णप्रसाद सिटौलाले आफूलाई अब्बल नेताका रुपमा स्थिापित गर्ने प्रयास गरेका छन् । उनले विभागहरूमा आफूले पाएको भागमा कार्यकर्ताहरू धमाधम हाल्न थालेका छन् ।

    राजनीति आफूलाई भन्दा पनि अरुका लागि गर्ने हो । अबसर आउँदा अबरोध गर्ने कार्य सिटौलाले गरेका छैन । त्यहि कारण पौडेल–कोइराला समूहभन्दा पनि सिटौला समूह पछिल्लो समय बलियो बनेर आएको छ ।

    ‘भगौडा’ दीपकुमारलाई कांग्रेस चाहियो

    कांग्रेसभित्र आ–आफ्नो स्वार्थमा शीर्ष नेताहरू केन्द्रमा झगडा गरिरहेका बेला कपिलवस्तुमा दीपकुमार उपाध्यायले काण्ड मच्चाइरहेका छन् ।

    कांग्रेसको साधारण सदस्य समेत नरहेका उपाध्यायले क्रियाशील सदस्यता विरतणमा हँगामा मच्चाइरहेका छन् ।

    सुशील कोइराला प्रधानमन्त्री रहेका बेला कांग्रेसको साधारण सदस्यताबाट समेत राजीनामा दिएर भारतका लागि नेपाली राजदूत बनेर गएका उपाध्यायले लाज नमानेर प्रतिनिधि सभामा टिकट लिएर कपिलवस्तुबाट उम्मेदवार बने ।

    मन्त्री बनेर अबसर लिएका उपाध्याय कांग्रेस छाडेर राजदूत पद खान गएका थिए । आफ्नो हैसियत भेलर हिँडेका उपाध्यायलाई अहिले फेरि कांग्रेस चाहिएको छ ।

    कांग्रेसको राजनीति गर्ने हो भने उपाध्यायले फेरि साधारण सदस्यताका निवेदन दिनुपर्छ । उनलाई अहिले नै क्रियाशील सदस्यता दिने वा पहिलाको सदस्यता नवीकरण गर्ने भुल गर्नु हुँदैन । अबसरवादी चरित्रका उपाध्यायले कांग्रेसमा शून्यबाट काम गर्नुपर्छ ।

    भारतको चाकढी गर्दै आएको आरोप खेप्दै आएका उपाध्यायले कांग्रेसको साधारण सदस्य परित्याग गरिसकेका छन् । उपाध्यायले अहिले फेरि कांग्रेसमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् ।

    महामन्त्री डा.शशांक कोइराला निकट मानिने उपाध्यायले क्रियाशील सदस्यता वितरणमा कपिलवस्तु जिल्लामा लफडा गरिरहेका छन् ।

    तत्कालीन माओवादीका चक्रपाणि खनालसँग नराम्रोसँग पराजित भएका उपाध्यायलाई कपिलवस्तुमा कांग्रेसकै नेता तथा कार्यकर्ताहरूले रुचाउँदैनन् ।

    उनको अवसरवादी स्वभागका कारण नेता तथा कार्यकर्ताहरू चिढिएका हुन् । अबसर पाउनेवित्तिकै अरुलाई ठाउँ नदिएर आफूले नै ओगट्ने उपाध्यायको चरित्रले कपिलवस्तुमा कांग्रेसलाई ठूलो नोक्सानी भएको छ ।

    उपाध्यायले कपिलवस्तुमा कांग्रेसको भलो चाहने हो भने काठमाडौंतिर आएर राजनीति गर्दा उपयुक्त हुन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend