काठमाडौँ- नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्काले गृहजिल्ला दाङको देउखुरीमा स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।
कांग्रेसका युवा नेता खड्काले जनताको कोरोना महामारीका बेला जोखिम मोलेर जनताको सेवामा खटिएका देउखुरीका सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले तापक्रम नाप्ने थर्मल गन, सेनिटाइजर, पीपीई सेट, सर्जिकल मास्क, एन–९५ मास्क, साबुन, फेससेभर लगायतका सामग्री वितरण गरेको जनाएका छन् ।
नेपाल–भारत सीमा कोइलाबास क्षेत्रमा बस्दै आएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई स्वास्थ्य सामग्री दिएको बताएका छन् ।
उनले भालुबाङमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि स्वास्थ्य सामग्री वितरण गरेका छन् । ‘कोरोना भाइरसको संक्रमणबाट बचाउन सुरक्षाकर्मीहरूले ठूलो भूमिका खेल्नुभएको छ’, कांग्रेसका युवा नेता खड्काले भने, ‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई सुरक्षित बनायौँ भने जनता सुरक्षित हुन सक्छन् ।
सोही कारण पहिला सुरक्षाकर्मीलाई र त्यसपछि स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यका सामग्रीहरू वितरण गरिनेछ ।’ युवा नेता खड्काले काठमाडौंबाट करीव १५ लाख बराबरको स्वास्थ्य सामग्री लिएर देउखुरी आएका हुन् ।
युवा नेता खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, कांग्रेस नेता जानकीलाल बस्नेत, अनुराग यादब, कर्णबहादुर बुढाथोकी लगायतलाई सँगै राखेर स्वास्थ्य सामग्रीहरू वितरण गरेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।