काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ। बस्नेतका पिता खड्गबहादुर बस्नेतको गएराती ८४ बर्षको उमेरमा निधन भएको हो।
बस्नेतलाई पितृशोक परेपछि कांग्रेस नेताहरुले दुःख व्यक्त गरेका छन्। नेता प्रदीप पौडेलले फेसबुकमा स्टाटस लेख्दै दुःख व्यक्त गरेका छन्।
‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतज्युका पिता खडग बहादुर बस्नेतको ८४ बर्षको उमेरमा गए राति निधन भएको खबरले दुखित तुल्याएको छ । पिताजी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा भावपुर्ण समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।