आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कारोना संक्रमितको संख्यामा अमेरिका र ब्राजिललाई भारतले उछिन्यो

कारोना संक्रमितको संख्यामा अमेरिका र ब्राजिललाई भारतले उछिन्यो

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 7.4K
    SHARES

  • कारोना संक्रमितको संख्यामा अमेरिका र ब्राजिललाई भारतले उछिन्यो

    काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ। संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो।

    वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर गरेर दुई लाख ७१ हजार नौ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा भारतमा मात्रै ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यसबीचमा अमेरिकामा ५८ हजार तीन सय ३८ र ब्राजिलमा ५४ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ।

    कोलम्बियामा बिहीबार एकै दिन झण्डै १० हजारमा संक्रमण पुष्टि भएको छ। भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ। शुक्रबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार त्यहाँ २० लाख २५ हजार चार सय नौ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमणको कारण अहिलेसम्म भारतमा ४१ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणको कारण नौ सयले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय २६, अमेरिकामा ११ सय ८२, मेक्सिकोमा ८ सय २९, दक्षिण कोरियामा तीन सय ६, कोलम्बियामा तीन सय १५ जनाले ज्यान गुमाएका छन्।

    अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३७ हजार सात सय ४८ पुगेको छ भने मृतकको संख्या सात लाख १७ हजार पाँच सय २७ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २३ २०७७०८:४७:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend