सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पुनः लकडाउनबारे सरकारकाे निर्णय यस्ताे !

पुनः लकडाउनबारे सरकारकाे निर्णय यस्ताे !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २२ २०७७

  • 10.6K
    SHARES

  • पुनः लकडाउनबारे सरकारकाे निर्णय यस्ताे !

    काठमाडौं- लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ । 

    आज मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ । कूल छ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर कूल सङ्क्रमित सङ्ख्या २१ हजार ७५० पुगेको छ । आज मात्रै काठमाडौँमा थप ७६ जना नयाँ सङ्क्रमति भेटिएका छन् । 

    जोखिम बढिरहेका बेला मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई सञ्चारकर्मीले सोधे “के सरकारले पुनःलकडाउन गर्दैछ वा तयारी के छ ?” सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले भने, “तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन हुँदैन । सरकारले त्यसबारेमा केही सोचेको छैन, तर अवस्था हेरेर आवश्यक निर्णय हुन्छ ।” कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने उनको भनाइ छ । स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उनले जानकारी दिए । 

    मन्त्री डा खतिवडाले सङ्क्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र सङ्क्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताए । उनले अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने उल्लेख गरे । 

    सरकारले आगामी भदौ १ गतेदेखि शैक्षिक संस्था, आन्तरिक तथा बाह्य हवाई उडान तथा लामो दूरीको सवारीसाधन सञ्चालन गर्ने यसअघि नै घोषणा गरेको थियो । सङ्क्रमणको मात्रा बढ्दै जाँदा अब ती क्षेत्रका बारेमा सरकारले के निर्णय गर्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री डा खतिवडाले भने, “अहिलेको अवस्थामा ती क्षेत्र खुला गर्ने अवस्था नआएको र पुनःविचार हुनसक्छ । जोखिम बढेकाले तत्काल नखोलौँ भन्ने आवाज पनि आइरहेको छ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २२ २०७७०९:१६:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend