आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

  • मिडिया डबली
  • बिहिवार, श्रावण २२ २०७७

  • 53.5K
    SHARES

  • कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

    कोरोना भाइरसको माहामारी एवं संक्रमण विश्वभर भयावह रुपमा फैलिइ रहेको छ । 

    सबैभन्दा पहिले चीनमा सुरु भएको भाइरसको त्यहाँ नियन्त्रणमा समेत आइसकेको छ । 

    यद्यपी चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज भएको अध्ययन सार्वजनिक भएको छ। 

    संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्र्तगतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।

    त्यस्तै निको भएका ५ प्रतिशत संक्रमितमा फेरि कोरोना संक्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

    बुधबार सार्वजनिक भएको अनुसन्धान अध्ययनले औसत उमेर ५९ वर्ष रहेका ९० प्रतिशतको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझैं पनि सामान्य मानिसको जसरी काम गर्न असम्भव पाइएको हो।

    ५ प्रतिशत मानिसको परीक्षण फेरि पोजेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टिमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि संक्रमण भएको हो या हैन् भन्ने कुरा भने स्पष्ट छैन्।


    उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए। त्यसअनुसार तीमध्ये ९० प्रतिशत मानिसको फोक्सो अझैं पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ।

    नमुना अध्ययनका लागि संक्रमित भएका एक सय जनाछनाेट गरेका थिए, ती एकसय जनाहरूमाथिकाे अध्ययनले यस्ताे नतिजा सार्वजनिक भएकाे हाे । एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २२ २०७७०७:५८:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend