राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने देखिएको छ ।
श्रीलङ्कामा सत्ताधारी राज परिवारिक दलले अत्यधिक मत पाएको प्रारम्भिक विवरणहरूले देखाएकाले उनीहरू थप शक्तिशाली हुने देखिएको हो ।
संसदीय निर्वाचनको नतिजा बिहीबारदेखि सार्वजनिक हुन थालेको छ । प्रारम्भिक नजिता अनुसार प्रधानमन्त्री महेन्दा राजापाक्षको परिवारले झण्डै ७२ प्रतिशत मत प्राप्त गरेर अग्रता लिइरहेको छ । यो विवरण देशको दक्षिणी क्षेत्रको हो ।
प्रधानमन्त्री राजापाक्षेका भाइ गोटावाया राजापाक्षले यसअघि गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेका थिए । त्यति बेलादेखि श्रीलङ्कामा भाइ राष्ट्रपति र दाइ प्रधानमन्त्री छन् ।
श्रीलङ्कामा राजापाक्षेको परिवारलाई राजनीतिक क्षेत्रमा निकै शक्तिशाली र चर्चित परिवार मानिन्छ । यो परिवारले लामो संघर्ष पनि गरेको इतिहास छ ।
गत सन् २०१९ मा भएको मुस्लीम धर्माबलम्वीहरूलाई लक्षित गरेर गराइएको ठूलो विस्फोटनको घटनालाई उनीहरुले राष्ट्रियतासँग जोडेर मतमा गरेकाले उनीहरु थप लोकप्रिय भएको बताइएको छ । सो घटनामा परी २७९ जनाको मृत्यु भएको थियो ।
श्रीलङ्कामा दशकौँ चलेको तामिल विद्रोहीसँगको द्वन्द्व अन्त्य गर्न दुवै दाजुभाइको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । सन् २००९ मा महेन्दाले प्रधानमन्त्रीको रुपमा र गोटावायाले उच्च कर्मचारीको रुपमा भूमिका खेलेका थिए।
प्रारम्भिक नतिजाका अनुसार प्रमुख विपक्षी दल एसजेवीले कुल मतको १३ प्रतिशत मात्रै मत प्राप्त गरेको छ । त्यसैगरी बामपन्थी पार्टी जेजेबीले आठ प्रतिशत र पुर्वप्रधानमन्त्री रनिल विक्रमादित्यको युनाइटेड नेशनल पार्टी (यूएनपी) ले चार प्रतिशत मात्रै मत पाएका छन् ।
कोरोनाभाइरसको त्रासका कारण मत गणनामा ढिलाइ भइरहेकाले नतिजा सार्वजनिक गर्न पनि ढिलाइ भइरहेको अधिकारीहरुको भनाइ छ । उनीहरूले बिहीबार अेरसम्ममा नतिजा सार्वजनिक हुनसक्ने अनुमान गरेका छन् ।
श्रीलङ्काको संसदमा निर्वाचित हुने कुल २२५ सांसदमध्ये १३० देखि १३५ जनासम्म राजापाक्षको पार्टीका उम्मेदवार निर्वाचित हुने निजी क्षेत्रबाट भएको सर्वेक्षणले देखाएको छ ।
संविधान नै परिवर्तन गर्न मिल्नेगरी दुई तिहाइ बहुमत आउने सर्वेक्षणकर्ता तथा विश्लेषकहरुले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।