कोरोना भाइरसको माहामारीसँग विश्व जुधिरहेका बेला चीनमा अर्काे भाइरस देखापरेको छ । किर्ना प्रजातिका रगत चुस्ने किराहरुको टोकाइबाट यो भाइरस सर्ने गरेको अनुसन्धाकर्ताहरुले खुलाएका छन् ।
एसएफटीएस नाम दिइएको भाइरस मानिसबाट मानिसमा समेत सर्न सक्ने बताइएको छ ।
चिनियाँ सञ्चारमाधयम ग्लोबल टाइम्सका अनुसार सन् २००९ मा चीनमै यस भाइरस देखा परेको थियो।
पछिल्लाे समय चीनकाे जियान्सु र अन्हुइ प्रान्तमा नयाँ संक्रमित भेटिएका हुन् ।
मानिसबीच संक्रमण फैलिने हुँदा चिनियाँ अधिकारीहरूले सचेत रहन चेतावनी दिएका छन् ।
याे भाइरसकाे संक्रमण भएकाे मानिसमा टाउकाे दुख्ने, माशंपेसी दुख्ने लक्षणहरू देखिएका छन्, अन्य लक्षणहरू भने रगत परीक्षणमा मात्रै देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।