गोदावरी- नेकपाका जनप्रतिनिधीको बेवास्ताका कारण उपत्यकामै ललितपूरको कान्तिलोकपथमा पहिरो नै समयमा हट्न सकेको छैन् ।
कम्युनिस्टका जनप्रतिनिधीले चासो नदिएपछि ललितपुर कांग्रेसको पहलमा कान्तिलोकपथमा खसेको पहिरो हटाएर बिहीबारदेखि बाटो खुलाइएको छ ।
नेकपाका प्रतिनिधि सभाका सांसद सिलवाल र प्रदेश सांसद सञ्जेलले बाटो खुलाउन पहल नगरेपछि नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यसहितका नेताहरूले आफैले डोजर लगेर बाटो खुलाएका हुन् ।
पहिरो हट्न नसक्दा स्थानीयस्तरमा उत्पादन हुने तरकारी, दुधसहितका कृषिजन्य वस्तु गाउँमा नस्ट हुन पुगेको छ ।
कम्युनिस्टहरूले बाटो खुलाउन पहल नगरेको गुनासो आएपछि ललितपुर कांग्रेसका नेताहरूले डोजर लगेर बाटो खुलाएको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।
काँग्रेसले डाेजर लगाएर बाटाे खाेलििदएपछि सबै सर्वसाधारणहरू खुसी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।